×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबारदेखि एचआइडीसीएलको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलामीमा आउँदै, यसरी सजिलै भर्न सकिने !

PRIME CA

बिहिबारदेखि एचआइडीसीएलको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलामीमा आउँदै, यसरी सजिलै भर्न सकिने !

अर्थ सरोकार

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार

काठमाडौं । भोलि बिहीबारदेखि जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलामीमा आउने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो ।
कम्पनीले यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने बताएको छ भने असोज १४ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ ।
साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि भर्न सकिने कम्पनीले जनाएको छ । सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम संख्याको लागि भने कुने हद तोकिएको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: