×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लास्ट रिमाइन्डर’ : एचआइडीसीएलको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

‘लास्ट रिमाइन्डर’ : एचआइडीसीएलको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलामी आवेदन दिने असोज १४ गते बिहीबार अन्तिम दिन हो । कार्यालय समयसम्म यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले असोज ७ गतदेखि सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको थियो । यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी हुनुपर्नेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था रहेको छ ।

सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम संख्याको लागि भने कुने हद तोकिएको छैन । एचआइडीसीएलले साउन ५ देखि भदौ ८ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा ल्याएको हो । कम्पनीले कुल ११ करोड कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ७ करोड ३७ लाख ७० हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । उक्त हकप्रद सेयर भने भदौ २६ गते बाँडफाँट भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: