काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघद्वारा नवनिर्वाचित आइक्यान पार्सदहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पुर्व अध्यक्ष, नेपाल अडिटर एसोसियसनका अध्यक्ष, लेखामान बोर्डका अध्यक्ष, लेखापरीक्षक बोर्डका अध्यक्ष, पार्सद, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका कार्यसमिति सदस्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्य, नेपाल अडिटर एसोसियसन सदस्य लगायत चार्टर्ड एकाउन्टेन्टेस् क्षेत्र सम्बद्ध व्याक्तिहरुको उपस्थिती रहेको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित आइक्यान पार्सदह लाई तथा प्रबल सेवा श्री पुरासकार प्राप्त संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान पत्र तथा खादा ओढाएर सम्मान गरेका थिए ।
अध्यक्षले उक्त कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको औचित्यलाई प्रस्ट पारे । यस्तै ९औं परिषदलाई सम्मान गर्दै ICAN , ACAN , AUDAN, ASB र AUSB सबै संघ संस्थाहरुको प्रत्यक्ष पोरोक्ष लेखा ब्यवसायको प्रबर्धन, सम्बर्धन र विकासमै कार्यगर्ने हुनाले यी संस्थाहरु एक आपसका साझेदार संस्थाहरु हुन तसर्थ भातृत्व र फेलोसिप यी संस्थाहरुमा हुन एक्दमै जरुरी छ र उक्त कार्यक्रमले त्यसको सुरुवात पनि बताएका छन् । त्यस्तै लेखा ब्यवसाय क्षेत्रलाई योगदान पुराए बापत संघका पुर्ब अध्यक्ष सिए नारायण बजाज तथा बैंक तथा सहकारी क्षेत्रमा योगदान पुराए बापत संघका आजीवन सदस्य र र्राष्ट्रिय सहकार्य बैंकको कार्यकारी अधिकृत सिए बद्री प्रसाद गुरागाईले प्रबल सेवा श्री पुरसकारबाट समानित सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना प्रकट गरेका छन् ।
सम्मान कार्यक्रममा बोल्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नबनिर्वाचित अध्यक्ष युद्धराज ओलिले चार्टर्ड एकाउन्टेन्ट्सबीचको सहकार्यले समग्र पेशाको स्थायित्व कायम गर्न सहयोग गर्ने विचार प्रकट गरेका छन् । कार्यक्रममा नेपाल अडिटर यसोसियसनका अध्यक्ष मोहन राज रेग्मी, लेखामान बोर्डका अध्यक्ष महेश खनाल, लेखापरिक्षक बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले विचार राख्नुभएको थियो । साथै कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवाश्री पदक द्धारा विभूषित भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका आजिवन सदस्य तथा राष्ट्रिय सहकारी बैंकका कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईंलाई समेत सम्मान गरीएको थियो । उपस्थिति सबैलाई धन्यवाद दिदै संघका उपाध्यक्ष रमेश कुमार धितालले कार्यक्रमको समापन गरेका थिए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्ले को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका महासचिव तेज प्रसाद सूवेदीले गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्