×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जावाको दशैँ तिहार बहार : हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जावाको दशैँ तिहार बहार : हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार

Artha Sarokar

१३ आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दशैँ  तथा तिहारको उपलक्ष्यमा जावा  (JAWA )ले  ग्राहकमूखी योजना ल्याएको छ । नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले आफ्ना नयाँ खरिद गर्ने ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो शीथ ) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्ने भएको छ ।

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर ( CE)  द्वारा प्रमाणीकरण गरिएको छ ।  त्यसै गरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ । लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ ।

यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ । नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा.लिले भित्र्याएको हो । आग्नि माटो इन्क प्रा.लि अग्नि ग्रुप अन्तर्गत स्थपित भगिनी संस्था हो । नेपालभरि अग्नि मोटोइन्क प्रा.लि को हाल १३ बटा डिलर नेटवर्क रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी