झापा । मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ । नगरपालिकाले आज सूचना नै जारी गरेर उत्खननमा पुनः रोक लगाएको हो । विगतका वर्षमा नगरपालिकाले असार, साउन र भदौ महिनामा मात्र सो कार्यमा रोक लगाउँदै आएको छ ।
नगरपालिका क्षेत्र भएर बग्ने मेची, हडिया, निन्दा र टिमाई नदीको नदीजन्य पदार्थ ठेक्का लाग्ने प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म वडा कार्यालयलाई उत्खनन गर्न नगराउन जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए । उनले नदीजन्य पदार्थ उत्खनन नभए नभएबारे अनुगमन गर्न १५ वटै वडा कार्यालयसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र धुलाबारीलाई समेत आग्रह गरेको छ । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्