×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विभिन्न स्थानमा जुवातास खेलिरहेका २१ जना पक्राउ, पाँच लाख रुपैयाँ बरामद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विभिन्न स्थानमा जुवातास खेलिरहेका २१ जना पक्राउ, पाँच लाख रुपैयाँ बरामद

Artha Sarokar

२२ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विभिन्न स्थानमा जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । पाँच लाख नगदसहित उनीहरु पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका १६ बालाजु बसन्तनगर हिले टोल बस्ने भारत मोतिहारी घर भएका ३४ वर्षीय लाल बाबु गुप्ताको टहरोमा तास खेलिरहेको अवस्थामा गुप्तासहित ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नगद १ लाख ३१ हजार रुपैयाँ र १ बुक ताससहित उनीहरुलाई  महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस्तै नवलपरासी (पूर्व), देवचुली नगरपालिका १७ स्थित मणिराम महतोको कुमारवर्ती होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय कमल महतोसमेत ५ जनालाई पनि सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
साथै तनहुँको ब्यास नगरपालिका ४ बस्ने मिन बहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरूङसमेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी