×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण, उचित मूल्य पाउने र बिचौलियाको चलखेलबाट बच्न सकिने

भैरहवा । कृषि विकास बैंक लिमिटेडको भैरहवा शाखाले किसानका लागि क्रेडिट कार्ड/एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई क्रेडिट कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका-६ स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपिओस वितरण गरेको हो । बैंकका सिइओ अनिलकुमार उपाध्यायले किसानलाई सहयोग गर्नु बैंकको दायित्व भएको जनाउँदै बाली बीमा, पशु बीमामा ८० प्रतिशत अनुदान दिइने बताएका छन् ।

यसैगरी बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले विद्युतीय भुक्तानीमार्फत कृषि सामग्री खरिद गर्न सकिने र कार्डको पिन/पासवर्ड सुरक्षित राख्न किसानलाई आग्रह पनि गरे ।  बैंकअन्तर्गत आइफ्याड परियोजनाका डिजिटल अफिसर सरोज नेपालले बैंकको सेवा लिन र कारोबारलाई अगाडि बढाउन आग्रह गरेका छन् । उनले कार्डको प्रयोगमार्फत किसानले उत्पादन गरेका सामग्रीले उचित मूल्य पाउने र बिचौलियाको चलखेलबाट पनि बच्न सकिने पनि बताएका छन् ।

विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्न सकिने बैंकले जारी गरेको कार्ड नै किसान कार्ड हो । यो कार्डको उपयोग किसान, कृषि तथा वन व्यवसायी, कृषि मचेन्ट, कृषि सहकारी, फर्म, कम्पनीहरुले गर्ने आइफ्याड परियोजनाका रितु खनालले बताए । आवश्यक कृषि सामग्री कृषि मचेन्टबाट खरिद गर्न सकिने तथा कर्जा ग्राहकले वा खाताग्राहीले तोकिएको सीमासम्म कार्डमार्फत कोरोबार गर्न सकिने पनि बताएका छन् । त्यस्तै आफूले उत्पादन गरेको कृषि उपज बिक्री गर्न सकिने तथा कृषि कार्यका लागि क्यास पोइन्टबाट नगद जम्मा तथा भुक्तानी गर्न सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: