×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक लिमिटेड २१औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा महिलाहरुलाई दियो आत्मरक्षा सम्बन्धी प्रशिक्षण

GLOBAL IME BANK
SHREE KESH

कुमारी बैंक लिमिटेड २१औं वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा महिलाहरुलाई दियो आत्मरक्षा सम्बन्धी प्रशिक्षण

८ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण“ को उद्देश्य सहित कुमारी बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्युनीकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसंग परिचित गराइ आत्म मनोवल उच्च बनाउने उद्देश्य सहित उक्त प्रशिक्षण सुुरु गरिएको थियो ।

महिला मैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखि कुमारी बैंक लिमिटेडले कारोबार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरूकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मारक्षा सम्बन्धमा जनचेतनामा समेत विस्तार हुनेमा बैंक विश्वस्त छ । सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशमा प्रशिक्षण संचालन सम्पन्न भइसकेको छ भने त्रमशः अन्य प्रदेशहरुमा पनि संचालन गर्ने तयारी भइसकेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरी कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ  ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: