×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक लिमिटेड र दराज अनलाईनबीच सम्झौता, कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुटको व्यवस्था

GLOBAL IME BANK
SHREE KESH

कुमारी बैंक लिमिटेड र दराज अनलाईनबीच सम्झौता, कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुटको व्यवस्था

११ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालीहरुको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा यहि असोज १० गते देखी असोज १८ गते सम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्नेछन् ।

सो सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २०% अथवा रु २,०००/-सम्मको र क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २०% अथवा रु २,५००/- सम्मको छुट पाउनेछन् । सो सहमति पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले दराज अनलाईन शपिङ्गमार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् । यस अनिश्चितताकाबीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागी डिजिटल बैंकिंग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ ।

बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३२ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: