×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हजारौं लगानीकर्ताको आवाज- ‘आज ११ बजे आन्दोलनमा सहभागी हौँ, पूँजीबजार बचाऔं’

PRIME CA

हजारौं लगानीकर्ताको आवाज- ‘आज ११ बजे आन्दोलनमा सहभागी हौँ, पूँजीबजार बचाऔं’

२१ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकको १२ करोडको ऋण सीमाका कारण बजार निरन्तर घटिरहेको र यसले दीर्घकालीन असर गर्ने भन्दै हजारौं लगानीकर्ताले यस विरुद्ध उत्रन आह्वान गरेका छन् । आइतबार र सोमबार विहानगरी हजारौं लगानीकर्ताले आम लगानीकर्तालाई यस्तो आह्वान गरेका हुन् ।

‘राष्ट्र बैंकको नीतिले हामीलाई बर्बाद बनाउनेवाला छ । त्यसैले हामी आन्दोलनमा जानुको विकल्प छैन ।’ लगानीकर्ताले सामाजिक संजालमा भनेका छन्, ‘सबैलाई फसाएर बजारलाई बर्बाद बनाउने रणनीति देखियो । यसका विरुद्ध बोल्न आवश्यक छ ।’

यता सोमबार हुने भनिएको आन्दोलनको सुरुवाती प्रभाव पर्ने देखिएको छ । गभर्नर महाप्रसाद अधिकारीलाई सोमबार विहानै अर्थ मन्त्रालय बोलाइएको छ । १२ करोडको ऋण नीतिले सेयर बजारमा पहिरो गएको भन्ने ब्रिफिङ सुनेपछि अर्थ मन्त्री जनार्दन शर्माले अधिकारीलाई यस विषयमा कुरा गर्न ‘आकस्मिक बैठक’ भन्दै मन्त्रालय बोलाएका छन् । स्रोतका अनुसार आइतबार बेलुकी फोन गरी गभर्नरलाई सोमबार विहानै भेट्नेगरी शर्माले मन्त्रालय बोलाएका हुन् । सोमबार नै लगानीकर्ताले राष्ट्र बैंक घेराउको कार्यक्रम राखेका छन् ।

नेपाल राष्ट्र बैंकले एक बैंकबाट ४ करोड र सबैबाट गरी १२ करोडको ऋण सिमा तोकिएदिएपछि यसको कतै बिरोध र कतै समर्थन भईरहेको छ । राष्ट्र बैंकको यो नीतिले बजार तल झरेको भन्दै एकातर्फ लगानीकर्ताहरु रुष्ट बनेका छन् भने अर्कोतर्फ यो निर्णय सहि भन्दै केहि लगानीकर्ताहरुले राष्ट्र बैंकको समर्थन गरिरहेका छन् । सोमबार लगानीकर्ताहरु राष्ट्र बैंक घेर्न पुग्ने बुझिएको छ ।

लगानीकर्ताहरुको मागलाई तत्काल सम्बोधन गर्न भन्दै शर्माले प्रक्रिया थालेको बुझिएको छ भने गभर्नर अधिकारी भने कुनै हालतमा आफ्नो निर्णयबाट नहट्ने बताईरहेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीलाई सोमबार विहानै अर्थ मन्त्रालय बोलाइएको छ । १२ करोडको ऋण नीतिले सेयर बजारमा पहिरो गएको भन्ने ब्रिफिङ सुनेपछि अर्थ मन्त्री जनार्दन शर्माले अधिकारीलाई यस विषयमा कुरा गर्न ‘आकस्मिक बैठक’ भन्दै मन्त्रालय बोलाएका छन् । स्रोतका अनुसार आइतबार बेलुकी फोन गरी गभर्नरलाई सोमबार विहानै भेट्नेगरी शर्माले मन्त्रालय बोलाएका हुन् । सोमबार नै लगानीकर्ताले राष्ट्र बैंक घेराउको कार्यक्रम राखेका छन् ।

नेपाल राष्ट्र बैंकले एक बैंकबाट ४ करोड र सबैबाट गरी १२ करोडको ऋण सिमा तोकिएदिएपछि यसको कतै बिरोध र कतै समर्थन भईरहेको छ । राष्ट्र बैंकको यो नीतिले बजार तल झरेको भन्दै एकातर्फ लगानीकर्ताहरु रुष्ट बनेका छन् भने अर्कोतर्फ यो निर्णय सहि भन्दै केहि लगानीकर्ताहरुले राष्ट्र बैंकको समर्थन गरिरहेका छन् । सोमबार लगानीकर्ताहरु राष्ट्र बैंक घेर्न पुग्ने बुझिएको छ ।

लगानीकर्ताहरुको मागलाई तत्काल सम्बोधन गर्न भन्दै शर्माले प्रक्रिया थालेको बुझिएको छ भने गभर्नर अधिकारी भने कुनै हालतमा आफ्नो निर्णयबाट नहट्ने बताईरहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: