×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रशासनिक कार्य सम्पादनमा उत्कृष्ट दोश्रो स्थान हासिल गर्न ललितपुर जिल्ला प्रशासन कार्यालय सफल

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्योंको सभापतित्वमा संघको सचिवालयमा नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रशासनिक कार्य सम्पादनमा ललितपुर जिल्ला प्रशासन कार्यालयलाई देशको ७७ वटा जिल्ला प्रशासन कार्यालयहरुमध्ये उत्कृष्ट दोश्रो स्थान हासिल गर्न सफल भएको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरि ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डि प्रसाद निरौला र वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई बधाई एवं सम्मान गरिएको छ ।

कार्यक्रममा संघका अध्यक्ष मनोज बहादुर न्याछ्योंले उद्योग व्यवसायीहरुको एकमात्र छाता संगठन ललितपुर उद्योग वाणिज्य संघले यस जिल्लाको उद्योग तथा व्यापार व्यवसायको संरक्षण, सम्वद्र्धन, आर्थिक तथा सामाजिक विकासको लागि विगत ५५ वर्ष देखि निरन्तर कार्य गर्दै आएको बताएका छन् । अध्यक्ष न्याछ्योंले कोरोना भाइरसको दोस्रो लहरको बढ्दो संक्रमणलाई मध्यनजर राखि अक्षेश्वर महाविहार, पुल्चोकमा Isolation Center को संचालन गरेको कुरा बताए । कोभिड संक्रमितहरुको चाप बढेसंगै उपचारको क्रममा अति आवश्यक अक्सिजनको कमिले गर्दा उपचारमा समस्या उत्पन्न भएकोले अक्सिजन सिलिन्डरको व्यवस्था गरि उपचारमा सहजीकरण गरिदिएको र ललितपुर महानगरपालिकाको सहयोगमा ५००० जना उद्यमी व्यवसायीहरुलाई कोभिड-१९ विरुद्धको खोप दिइएको पनि अध्यक्ष न्याछ्योंले बताए । साथै उनले जिल्लाको आर्थिक विकासका साथै विकास निर्माण कार्यमा नीजि क्षेत्र र सरकारी कार्यालय बिच सहकार्य गर्दै जानु पर्नेमा पनि जोड दिएका छन् ।

अध्यक्ष न्याछ्योंले ललितपुर जिल्ला कला, संस्कृति र सम्पदाको धनी जिल्ला हो । ललितपुर जिल्लालाई देशकै उत्कृष्ट जिल्ला एवं नमूना जिल्लाको रुपमा अगाडि बढाउन ल.उ.वा.संघ सदैव प्रयत्नशील रहेको समेत बताएका छन् ।यसै अवसरमा प्रमुख जिल्ला अधिकारी ढुण्डि प्रसाद निरौलाले सरकारी प्रशासनबाट जिल्लाका आर्थिक विकासका साथ साथै विकास निर्माण एवं सुरक्षामा जिम्मेवार बनाउन आफुले हर संम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै सरकारी अधिकारीहरुले जनता प्रति जवाफदेहि भएर सेवाग्राहीहरुको काम गर्नु पर्नेमा जोड पनि दिएका छन् । उद्योग व्यवसायको विकासका साथै सरकारी निकाय र व्यवसायी बिच राम्रो सम्बन्ध बनाई राख्न ललितपुर उद्योग वाणिज्य संघले खेलेको भूमिका प्रति सहारानिय व्यक्त गर्दै उक्त कार्य अरु जिल्लाको लागि उदाहरणीय बन्ने समेत उनले बताएका छन् । कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यले बधाई एवं सम्मान कार्यक्रमको आयोजना गरिएकोमा धन्यवाद दिँदै ललितपुरलाई शान्त र सुरक्षित बनाउन आफूले सक्दो सहयोग गर्ने बताएका छन् । उद्योग व्यवसाय फस्टाउन, अभिवृद्धि र विकासको लागि शान्ति र सुरक्षा अति आवश्यक रहेको जोड दिँदै यस कार्यमा ललितपुर उद्योग वाणिज्य संघबाट सधैं सहयोग मिल्ने आशा व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रशासनिक कार्य सम्पादनमा ललितपुर जिल्ला प्रशासन कार्यालयलाई देशको ७७ वटा जिल्ला प्रशासन कार्यालयहरु मध्ये उत्कृष्ट दोश्रो स्थान हासिल गर्न सफल भएको उपलक्ष्यमा यस संघका अध्यक्ष मनोज बहादुर न्याछ्योंले प्रमुख जिल्ला अधिकारी ढुण्डि प्रसाद निरौलालाई हार्दिक बढाईका साथै उनको सुस्वास्थ्य दिर्घायु, सुख, शान्ति एवं उत्तरोत्तर प्रगतिको कामनाका साथ सम्मान पत्र प्रदान गरे । यसैगरि अध्यक्ष मनोज बहादुर न्याछ्योंले ललितपुर जिल्लामा शान्ति, सुरक्षा सुदृढ राख्न उल्लेखनिय भुमिका निर्वाह गर्नु भएका महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरि उपरीक्षक किरण बज्राचार्यलाई अद्धितिय योगदानको उच्च मुल्यांकन गर्दै उहांको सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति एवं उत्तरोत्तर प्रगतिको कामनाका साथ कदर पत्र प्रदान गरेका छन् । कार्यक्रम संचालन महासचिव रुपक मान महर्जनले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले दिएका थिए ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: