×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले ल्यायो आकर्षक कम्बो अफर

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर सहित खानाहरुमा बिशेष छुट ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले आज देखी अन्लाइन प्रतियोगिता समेटको आयोजना गरि २ जनालाई फुड कुपन भाउचरको ब्यबस्था गरेको छ । २ जना बिजेता ग्राहकले चाहेको खानेकुरा जित्न सक्नेछन् । १५०० बराबरको खानेकुरा एपबाट मगाइ वा लस्कर फुडसको कार्यालयमा सम्पर्क गरी बिजेताले मगाउन सकिने लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताएका छन् ।

ग्राहकले केही नियमको पालनागरी फुड कुपन जित्न सकिने ओस्ती बताउछन । नेपालीको महान चाडबाड नजिकिए सँगै हामीले क्रमश बिभिन्न अफरहरु ल्याउँदै जाने प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताएका छन् । लस्कर फुड्सको प्रमुख आकर्षणनै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो । लस्कर फुड्सले खाना पुर्याएको डेलिभरी चार्ज नलिने गरेको छ । प्रभु-पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यबस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: