काठमाडौं । एलआइसी नेपाल आज बुधबारबाट २१औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्वर १ का दिन भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया) सँगको सहकार्यमा औपचारिक रुपमा बीमाको कारोबार सुरु गरेको कम्पनी आजबाट २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको हो । कम्पनीले २०औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
एलआईसी (नेपाल) ले गत आर्थिक वर्षको चौथो त्रैमासको अवधिसम्ममा १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष सोहि अवधिको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको अवधिमा कम्पनीले १४ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ६ अर्ब २० करोड ९४ लाख रुपैयाँ, पुनर्बीमा कमिशन बापत १ करोड ४० लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ।कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा १८ हजार ९ सय ८० वटा दाबी बापत ७ अर्ब ४९ करोडरुपैयाँ भुक्तानी गरेको छ भने २५ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकि रहेको वित्तीय विवरणमा उल्लेख रहेको छ। कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड ८७ लाख र जीवन बीमा कोषमा ८१ अर्ब ६ करोड ९९ लाख रुपैयाँ रकम संचित रहेको छ।
नेपालमा दर्ता भई स्वतन्त्र कम्पनीको रुपमा बीमा व्यवसाय गर्दै आएको कम्पनीले देशैभरि शाखा, उपशाखा तथा एजेन्सी कार्यालयहरु सञ्चालन गरी बीमा सेवा प्रवाह गर्दै आएको छ । एलआईसी नेपाल दोस्रो ठूलो बीमा कम्पनी हो । गुणस्तरीय बीमा सेवामा जोड दिँदै आएको कम्पनीले दावी भुक्तानी समयमै गरेर जनताको विश्वास जित्न सफल भइसकेको छ ।
कम्पनीले महामारीको समयमा वार्षिकोत्सव मनाउन नपाए पनि डिजिटल माध्यमबाट कर्मचारी तथा अभिकर्ताहरुसँग छलफल गरेर वार्षिकोत्सव मनाएको जनाएको छ । ५५ प्रतिशत एलआईसी इण्डियाको सेयर, २५ प्रतिशत नेपालकै विशाल ग्रुपको शेयर २० प्रतिशत सर्वसाधारणको शेयर रहेको एलआईसी नेपालले स्थापनाको छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्न सफल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्