काठमाडौं । लुम्बिनी विकास बैंकले लगानीकर्तालाई ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन आग्रह गरेको छ । बैंकले साविकको विरगञ्ज फाइनान्स, सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्सको नाममा रहेको कतिपयलगानीकर्ताले अहिलेसम्म पनि ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले सूचना जारी गरेरै लिन बोलाएको हो ।
बैंकले भदौ १८ गतेको ३० दिनभित्र केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न बैंकले अनुरोध गरेको हो । तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले उल्लेख गरेको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्