काठमाडौं । लुम्बिनी विकास बैंक र कुटि रिसोर्टबीच सम्झौता भएको छ । बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्टसँग आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको हो । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई कुटि रिसोर्टले विभिन्न सेवा तथा सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । कुटि रिसोर्टको विभिन्न सेवा तथा सुविधाहरु अन्तर्गत ग्राहकहरुले खाना तथा बस्न, ब्यायम तथा स्वास्थ्य क्लब, स्वीमिङ्ग पुल, स्पा तथा सउनाको आनन्द लिन सक्नेछन् ।
उक्त सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र कुटि रिसोर्टको तर्फबाट मेनेजिङ डाईरेक्टर देवेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । यस बैंकले देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहकहरुलाई उच्च स्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क डेबिट/एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्