काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि मिति २०७८ भाद्र २० गते आइतबार सम्झौता गरेको छ । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरु वा जो कोहिले पनि आफुले खपत गरेको विद्युतको महशुल बैंकको मोबाइल बैंकिङमार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् । सम्झौता अनुसार सेवाग्राहीले मासिक ५०० रुपैयाँँ सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन भने ५०१ भन्दा माथी ५ लाख सम्मको महशुल भुक्तानीमा पाँच मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्रधिकरणबीच भएको यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्