काठमाडौं । सेयर लगानीकर्ताहरुले आजदेखि माइतीघर मण्डलामा रिले अनसन सुरु गरेका छन् । पूँजी बजार सुधार सङ्घर्ष समितिको आयोजनामा आज ३ बजेदेखि लगानीकर्ताले रिले अनसन सुरु गरेका हुन् । आफूहरुले उठाएका मागहरु सम्बोधन नभएकाले आजदेखि २९ गतेसम्म दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म रिले अनसन गर्ने समितिले जनाएको छ ।
लगानीकर्ताले गत सोमबार गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग राख्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाललाई ज्ञापनपत्र बुझाएका थिए । आज पनि उनीहरुले विभिन्न किसिमका नारासहित अनसनमा उत्रिएका हुन् । उनिहरुले राष्ट बैंकले नियोजित रूपमा ल्याएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पूँजी बजारमा असर पारेको आरोप लगाएका छन् ।







Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्