काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट, चितवन जिल्लाको हाकिमचौक भरतपुर र पर्सावजामा नयाँ शाखा विस्तार गरेको हो । कम्पनीको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यले शाखा कार्यालयको उद्घाटन द्धारा गरेका हुन् ।
काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड-काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटि,मणिग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा संख्या १८ रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत संतोष निरौलाले जानकारी दिए ।
२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सल ८.९१ अर्व निक्षेप संकलन गरि ७.९५ अर्व कर्जा परिचालन गरेको छ । यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्