×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिनिसोद्धारा दशैं तिहार विशेष अफर सार्वजनिक, भाग्यमानी ग्राहकलाई हिराको हार उपहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मिनिसोद्धारा दशैं तिहार विशेष अफर सार्वजनिक, भाग्यमानी ग्राहकलाई हिराको हार उपहार

Artha Sarokar

११ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हरेक वर्षजस्तै यस वर्षपनि मिनिसोले दशैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो । अफर अन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँँ भन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन् । लक्की कुपन प्राप्त ग्राहक मध्येबाट एकजना भाग्यशाली बिजेताले हिराको हार प्राप्त गर्नेछन् । उर्जा ज्वेलरले पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ । यो अफर नेपाल भर रहेका मिनिसोका सोरुममा लागु हुनेछ । नोभेम्बर १० सम्म अफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्की ड्रमार्फत भाग्यमानी बिजेता घोषणा गरिने जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिए ।

‘अफरले मिनिसोप्रति ग्राहकको आकर्षण अझै बढ्ने हामीले विश्वास लिएका छौं,’ उनले भने । लक्की बिजेताको घोषणा मिनिसोको फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । ‘मिनिसोमा सपिङ गरेका अन्य सयौं ग्राहकले दैनिक रुपमा आकर्षक उपहार प्राप्त गर्नेछन्,’ तण्डुकारले भने । मिनिसोको पार्टनर कम्पनी मिसियो, ब्लेस, सिसी, लिमिटेड इडिसन, कोफी, राइज, अर्वान आउट फिट्र्स, ब्याग्गिट लगायत अन्य ब्राण्डहरु छन् ।

कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान मिनिसो शोरुममा उपलब्ध छन् । उच्च स्तरीय जापानीज ब्राण्ड, सुपथ मूल्य लगायतका विशेषताका कारणले नेपाली बजारमा मिनिसोप्रति ग्राहकको आकर्षण दिनप्रतिदिन बढिरहेको तण्डुकारले बताए । मिनिसोको शोरुमहरु काठमाडौं, चितवन, पोखरा, बिराटनगर, बुटवल र मनकामनामा रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी