Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शाखा प्रमुखहरुलाई दियो एक्शलको तालिम, तथ्याङ्क विश्लेषण गर्न सिकाउने उद्देश्य

अर्थ सरोकार

भरतपुर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शाखाका कर्मचारीहरुलाई तथ्याङ्क विश्लेषण गर्न सिकाउने उद्देश्यले एक्शल तालिम दिएको छ । क्षेत्रगत रुपमा शाखाका व्यवस्थापक तथा कर्मचारीहरुलाई तथ्याङ्क विश्लेषण गरि व्यवसाय प्रवद्र्धन गर्न सहज होस भन्ने उद्देश्यले वेबिनारमार्फत भर्चुअल तालिम दिइएको हो ।

अघिल्लो साता संस्थाको इटहरी क्षेत्रीय कार्यालय अन्तर्गतका शाखा प्रमुखहरुलाई तालिम दिइएको थियो भने यस साता भरतपुर क्षेत्र तथा बनेपा ब्लक अन्तर्गतका शाखा प्रमुखहरुलाई तालिम दिइएको हो ।

आगामी साता भने बौनिया क्षेत्रका शाखा प्रमुखहरुलाई तालिम दिइने संस्थाका सूचना प्रविधि विभाग प्रमुख इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए ।आर्थिक वर्षको सुरुवातमै संस्थाले यस सबै शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापनको तालिम दिइसकेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK