NABIL AD

मिर्मिरे लघुवित्त वित्तीय संस्था १२औँ वर्षमा प्रबेस, रक्तदान कार्यक्रम गरि मनायो वार्षिकउत्सव

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

बनेपा  । बनेपाको केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले आज आफ्नो एघारौं वार्षिकउत्सव कार्यक्रम मनाएको छ । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले केन्द्रीय कार्यालयमा दिप प्रज्वलन गरि सम्पूर्ण सरोकारवाला निकाय, नीयमन निकाय, सेयरधनीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन तथा शुभकामना दिएका छन् ।

शुभकामना कार्यक्रम पश्चात नेपाल रेडक्रस सोसाइटी बनेपा शाखाको आयोजनामा केन्द्रीय कार्यालयको प्राङ्गणमा नै रक्तदान कार्यक्रमको आयोजना गरिएका होे । रक्तदान कार्यक्रममा स्थानीय व्यक्तित्वहरु, बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा संस्थाकै कर्मचारीहरुले रक्तदान गरेका थिए । पछिल्लो समयमा अस्पतालहरुमा रगतको अभाव भइरहेको समयमा विभिन्न संस्थाहरुले निरन्तर कार्यक्रम गरिरहँदा पनि रगतको पुर्ति हुन गाह्रो भइरहेको समयमा मिर्मिरेले आयोजना गरेको रक्तदान कार्यक्रमले थोरै भए पनि सहज भएको नेपाल रेडक्रस सोसाइटी बनेपाका प्राविधिक राधा थापाले बताईन् ।

कार्यक्रम संयोजक तथा संस्थाका योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले सम्पूर्ण रक्तदाताहरु तथा सहयोगी सबैलाई धन्यवादको साथमा सामाजिक कार्यक्रमहरु नीयमित रुपमा संचालन हुँदै जाने बताए । कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रममा अध्यक्ष बोहरा संगै स्वतन्त्र संचालक प्रविण भट्टराईको उपस्थिती रहेको थियो । बिहिबार साँझ संस्थाका १४९ वटा शाखा कार्यालयहरुमा दिपावली गर्ने कार्यक्रम रहेको संस्थाका सहायक प्रमुख कार्यकारी विर्खबहादुर बोहराले जानकारी दिए ।

 

 

 

Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal