×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडपर्व नजिकिएसँगै बढ्यो अवैध कारोबार, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चाडपर्व नजिकिएसँगै बढ्यो अवैध कारोबार, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ

Artha Sarokar

६ आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । छत्रकोट गाउपालिका-४ का ३९ वर्षीय तुल्सिराम कँडेललाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिन नजिक प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट साउदी रियाल ५० हजार, दुबई दिराम ३८० र नेपाली रुपैयाँ १६ हजार ४ सय रुपैयाँ बरामद गरेको छ । यस्तै सोहि गाउँपालिकाका ३८ वर्षीय केशवराज कँडेललाई पनि अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्ष बाहिरपट्टिको एरियाबाट पक्राउ गरेको छ ।
उनीहरुमाथि आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी