काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच सम्झौता भएको छ । बैंक र नेप्सेबीच भदौ १७ का दिन ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५ को क्रम संख्या १ देखि १२ लाख ५० हजारसम्मको अंकित तथा चुक्ता मूल्य १००० कायम भएको ऋणपत्रको सूचिकरण गर्ने सम्झौता भएको हो । बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो ।
यसरी सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको मिति २०७८/५/१५ गतेको निर्णयानुसार सूचिकरण भएको छ । साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्