×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञापन संघबीच सम्झौता, दुई बर्षका लागि १५ लाख रुपियाँसम्मको बिना धितो कर्जा प्रवाह गरिने

GLOBAL IME BANK
SHREE KESH

मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञापन संघबीच सम्झौता, दुई बर्षका लागि १५ लाख रुपियाँसम्मको बिना धितो कर्जा प्रवाह गरिने

२० भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच आइतबार आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्वन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई बर्षका लागि १५ लाख रुपियाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ ।

आनका हाल डेढसयभन्दा बढि विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै सात सय एजेन्सीहरू सम्वन्धित रहेर व्यवसाय गर्दै आएका छन् । हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलले आजको सहकार्यले विज्ञापन व्यवसायीको आर्थिक रुपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताए । उनले मुक्तिनाथ विकास बैंकले फरक ढंगले आफ्ना ग्राहकहरूलाई सेवा गर्दै आएकाले लोकप्रिय हुन सकेको बताउँदै विज्ञापन व्यवसायीलाई सर्वसुलभरुपमा सहुलियत कर्जा दिन बैंक प्रतिबद्ध रहेको बताए ।

आनका अध्यक्ष धितालले यो सहकार्य विज्ञापन व्यवसायी र बैंकको हितका लागि पनि सहयोगी हुने बताएका छन् । उनले कोरोना महामारी र लकडाउनका कारण समस्यामा रहेका विज्ञापन व्यवसायीलाई यो सहुलियत कर्जाले उनीहरूको क्षमता अभिवृद्धि गर्न र आर्थिक सबलीकरणका लागि मद्दत पुग्ने बताएका छन् । धितालले आजको सम्झौताले मुक्तिनाथ विकास बैंकसँग विज्ञापन व्यवसायीहरूले पनि सहकार्य गर्न प्रेरित गर्ने बताए । हस्ताक्षर कार्यक्रममा बैंक र आनका पदाधिकारीहरू सहभागी रहेको थियो ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: