×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकले गर्यो विभिन्न संघसंस्थाहरुलाई सहयोग, वित्तीय साक्षरतासहित बालबालिकाको शिक्षामा टेवा पुर्याउने उद्देश्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । यस भदौ महिनामा मात्र बैंकले ५ विभिन्न सामाजिक उत्तरदायित्व मुलुक कार्यहरुमा सहयोग गरेको छ । बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि ‘फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रकम मिडिया इन्टरनेसनल प्रा. लि लाई सहयोग गरेको छ । यसैगरी कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयहरुमा आराम कुर्सीहरुको अभाव भएको  हुँदा बैंकले ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्याल-कास्कीलाई हस्तान्तरण गरेको छ ।

यसका साथै बैंकले बालबालिकाको शिक्षामा टेवा पुर्याउनका निमित्त रेश्ट फाउन्डेसन अन्तर्गत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकालागि चाहिने किताबको दराजको निमार्ण गर्न हेतु रु ४० हजार सहयोग गरेको छ ।  यसैगरी बैंकले भैँसेपाटीस्थित प्रगती युवा कल्बद्धारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ । उत्त कार्यक्रमले विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा बैंकले गरेको छ । यसका साथै बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकास बरालको मृगौला प्रत्यारोपनपणका लागि ५० हजार सहयोग गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ । साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ-बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: