×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लिमिटेडद्धारा ‘नबिल डिजी वर्कस्पेस’ सार्वजनिक, कर्मचारीको दक्षता स्तरोन्नती गरिने

GLOBAL IME BANK
SHREE KESH

नबिल बैंक लिमिटेडद्धारा ‘नबिल डिजी वर्कस्पेस’ सार्वजनिक, कर्मचारीको दक्षता स्तरोन्नती गरिने

२० भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हरेक पक्षमा अग्रपङ्तीमा रहेको नबिल बैंकले कुनै न कुनै नविनतम् काम गर्दै आईरहेको छ । यसै क्रममा बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्नेछ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन् र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ । नबिल डिजी वर्कस्पेसको उद्घँटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागज बिहिन काम गर्ने वातावरण अबको आवश्यकता हो भनी बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन, कोसँग छन् तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त छ । अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्नेछन् । यसले कागजी प्रकृया बिना तिब्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १७६ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकि युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: