काठमाडौं । गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुुरू गरेको हो । यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिने भएको छ।
नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने यस बैंकको उद्देश्य रहेको छ । आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत संजालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । बैंक एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ ३७ वर्ष बैंकिङ अनुभवको साथ बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्