×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडाको ४५औं वार्षिक साधारणसभा मसिंर २२ र २३ गते सम्पन्न हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

काठमाडौं । नाडाको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन २०७८ साल मसिंर २२ र २३ गते होटेल सोल्टीमा सम्पन्न हुने नाडाले जनाएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा मिति २०७८ साल अशोज ८ गते होटेल सोल्टीमा बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशन समेत गठन गरिसकेको जनाएको छ ।

सो बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एशोसिएशनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ । नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरुमार्फत वितरण गर्ने छन् । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: