×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा र भन्सार विभागबीच छलफल, सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढ्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

नाडा र भन्सार विभागबीच छलफल, सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढ्ने

काठमाडौं । आज मिति २०७८ साल असोज १३ गते नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ संदसिय प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई स्वागत गर्दे भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिका लगायतका विभिन्न विषयमा छलफल गरेको नाडाले जनाएको छ । उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोवाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताएका छन् ।

छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागविच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढ्ने विषयमा लिखित समझदारी समेत भईसकेको जानकारी दिए । उक्त छलफलमा महासचिव सुनिल रिजालले यच.यस कोड परिर्वन र साफटा सुविधा अन्तर्गत आउने अटोमोवाइल वस्तुहरुको बर्गिकरणमा स्पष्टता हुनुपर्ने बताएका छन् । त्यसैगरी सो छलफलमा कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एल.सि खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरुमा पर्ने समस्याहरुबारे जानकारी गराए ।

उक्त छलफलको क्रममा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजीकरण गरिने बताउँदै व्यवसायीहरुका लागि अनलाईन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने बताए । सो छलफलमा महानिर्देशक सापकोटाले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइल समेत तयार गर्न लागेको बताउँदै यसबाट व्यवसायीहरुलाई सहज हुने विश्वास लिएको बताएका छन् । सो छलफलमा नाडाका सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य शुभआसिस थपलिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: