काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १०औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । बैंकले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालीकाको वडा नं.९ स्थित हेटौंडा सिमेन्ट उद्योग लि. को हाताभित्र आफ्नो १०औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको हो । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरेका थिए । हेटौंडा उपमहानगरपालीकामा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योग लि.लाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तिय पहुँच पुर्यााई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्यााउने उदेश्यका साथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंकिङ प्रणाली मार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ । “सबैका लागि बैंक” भन्ने मूल नारा सहित स्थापनाको २७ औँ वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ९ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ATM बाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्