काठमाडौं । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लि.को ३०, ३१ र ३२औं वार्षिक साधारणसभा भदौ ३० गते बुधबार उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोक, ललितपुरमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड-१९ का कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको परिपालना गर्दै भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभामा सेयरधनीहरूको प्रश्नको जवाफ दिंदै प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले आव २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ मा लकडाउन तथा निशेधाज्ञा लगायतका कारणले गर्दा भौतिक निर्माणका कार्यहरू हुन नसकिरहेको असहज परिस्थिति सृजना भएकोले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको अवस्थामा पनि कम्पनीले बजारमा न्यून गुणस्तरका बिटुमिनसंग प्रतिस्पर्धा गरी केही मुनाफा आर्जन गर्न सकेको ब्यहोरा सभालाई जानकारी गराएका छन् ।
साथै सडक निर्माणका लागि आधारभूत वस्तु बिटुमिन तथा बिटुमिन इमल्सन उत्पादन गर्ने यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आफू तथा सञ्चालक समिति लागि परेको बताए । त्यसैगरी अन्य प्रदेशहरूमा डिलर नियुक्त गरी बिटुमिनको बजार बिस्तार गरिने ब्यहोरा सभालाई जानकारी गराएका छन् । सेयरधनीहरूको तर्फबाट अमृतनाथ रेग्मीका साथै डमरू बल्लभ घिमिरेले आ-आफ्नो मन्तब्य राखी कोभिड-१९ का कारण देशमा लकडाउन तथा निशेधाज्ञा जस्ता असहज परिस्थिति पैदा हुँदा समेत केही मुनाफा कमाउन सक्षम भएको तथा कम्पनीलाई अझ प्रभावकारी बनाई नयाँ सोचअनुसार कम्पनी अगाडी बढाउन सञ्चालक समितिमा नयाँ सञ्चालकलाई सहभागि गराउने साथै कम्पनीको काममा लगनशिल भई कार्य गर्ने सम्पूर्ण कर्मचारी, कामदार तथा व्यवस्थापन समूहलाई धन्यवाद दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्