सुरुङ्गा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीको छाता संस्थाको हैसियतले महासंघले पहल गरिरहेको बताएक छन् ।
मोरङको उर्लाबारी उद्योग वाणिज्य संघको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको जनाउँदै व्यवसायीका समस्याको समाधान गरी व्यवसायीको उत्थानका लागि महासंघले नेपाल सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताए ।
कोभिडको महामारीका कारण सबै क्षेत्र प्रभावित भए पनि अर्थतन्त्रको ठूलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेका उनले बताए । ढकालले भने, “देशको व्यवसाय कोरोना महामारीका कारण निकै नै प्रभावित छ, बैंकको ब्याजदेखि घरभाडासम्मका कुरा आउँछन्, आम व्यवसायीका समस्यालाई समाधान गर्ने हाम्रो पहल हुनेछ, यसका लागि सरकारलाई हामीले बारम्वार घच्घच्याइरहेका छौँ ।”
महासंघले महिला उद्योगीको उत्थान र समग्र व्यवसायीको बृहत्तर हितका लागि निरन्तर काम गरिरहेको पनि जानकारी दिए । कार्यक्रममा महासंघका प्रदेश नं १ का अध्यक्ष टीकाराज ढकाल, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तेजकुमार रिजाललगायतले देशका व्यवसायीका समस्या समाधानका लागि नेपाल सरकारसँग पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालसँग आग्रह गरेका थिए ।
सो कार्यक्रममा यस क्षेत्रका उत्कृष्ट पाँच व्यवसायी र एक सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । सङ्घको नेतृत्व चयनका लागि आज निर्वाचन हुने संघका अध्यक्ष प्रितम खड्गीले बताए । सोह्र पदका लागि ३३ जनाको उम्मेदवारी रहेकाले आज निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि तारामान लिम्बू र शेरबहादुर भण्डारीको टोली चुनावी मैदानमा छ । संघमा एक हजार ७०२ सदस्य आबद्ध छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्