Skip to content
LAXMI SUNRISE BANK

सूचिकृत कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेप्सेमा सूचिकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
नेप्सेले नवीकरणका लागि असोज मसान्तभित्र शुल्क बुझाउनुपर्ने व्यवस्था गरेको छ । जसमा ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीले नवीकरण शुल्कबापत १ लाख रुपैयाँ बुझाउनु पर्नेछ भने ५० करोड रुपैयाँसम्म  पूँजी  भएका कम्पनीको शुल्क ५० हजार रुपैयाँ छ ।
यस्तै नेप्सेका अनुसार ५० करोड रुपैयाँ चुक्ता  पूँजी भएका म्युचुअल फन्ड तथा डिबेन्चरले २५ हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुर्पछ भने ५० करोड माथिका म्युचुअल फन्ड तथा डिबेन्चरले ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १०% दरले जरिवानाका साथै सूचीकरण स्थगन गरिने नेप्सेले सूचनामार्फत जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK