×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार नेप्सेमा भारी अंकको गिरावट, २२२ कम्पनीको ५ अर्ब ३५ करोडमाथिको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबार नेप्सेमा भारी अंकको गिरावट, २२२ कम्पनीको ५ अर्ब ३५ करोडमाथिको कारोबार

Artha Sarokar

३० भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२२ कम्पनीको १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३५ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २२ करोड १४ लाख ७० हजार ७५६ रुपैयाँको सेयर कारोबार भएको हो । आज सबै समूहका उप-परिसूचक घटेका छन् ।

यसैबीच बुधबारको सेयर बजारमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो । राष्ट्रिय बीमाको सेयरमा यस्तो गिरावट आउँदा एनआईबिएल समृद्धि फण्ड-१, हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

बुधबारको बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस अलावा कर्पोरेन्ट डेभलपमेन्ट बैंक, छ्याङदी हाईड्रोपावर लगायत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । कम्पनीको २२ करोड १४ लाख ७० हजार ७५६ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा सानिमा लाईफ इन्स्योरेन्स,आईसिएफसी फाइनान्स, रैर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी