काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४४.१८ अंकले घटेर २९३६.६० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) काअनुसार मंगलबार कुल २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ०८१ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४९ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार यूनाइटेड मोदी हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६९२ रुपैयाँको सेयर कारोबार भएको हो । आज मंगलबार दुई समूह बाहेक सबै समूहका उप-परिसूचक घटेका छन् ।
मंगलबारको बजारमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा पनि सर्किट लागेको हो । यस अलावा यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, यूनिलिभर नेपाल लिमिटेड लगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यसैबीच मंगलबारको सेयर बजारमा आरएमडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो । आरएमडिसीको सेयरमा यस्तो गिरावट आउँदा रुरु जलविद्युत परियोजना, प्रोग्रेसिभ फाइनान्स, फर्स्ट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी नेपाल लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार यूनाइटेड मोदी हाईड्रोपावर कम्पनीको भएको छ । कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६९२ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, ज्योति विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्