Skip to content
LAXMI SUNRISE BANK

सोमबार पनि सेयर बजारमा पहिरो, पहिरो जाँदा पनि यी कम्पनीमा लाग्यो लगानीकर्ताको ओहिरो !

अर्थ सरोकार

काठमाडौं । सोमबार सेयर बजारमा पहिरो गएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ४९ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४३६ रुपैयाँको सेयर कारोबार भएको हो । आज सबै समूहका उप-परिसूचक घटेका छन् ।

यसैबीच सोमबारको सेयर बजारमा पोखरा फाइनान्ससहित अन्य ७ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । पोखरा फाइनान्स, प्रोग्रसिभ फाइनान्स, गसडविल फाइनान्सससहित अन्य ७ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । यस्तैगरी सिंगटी हाईड्रो ईनर्जी, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पाटनरको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

सोमबारको बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस अलावा कुमारी बैंकको प्रमोटर सेयर, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

सोमबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४३६ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, नबिल बैंैक, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआसी एशिया बैंक, अरुण काबेली पावर कम्पनीको, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK