×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंगलबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक, २२२ कम्पनीको ५ अर्ब १९ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १९ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २७ करोड ३ लाख ७० हजार ५२४ रुपैयाँको सेयर कारोबार भएको हो । आज सबै समूहका उप-परिसूचक घटेका छन्  ।

मंगलबारको बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । मनकामना लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ । यस अलावा सानिमा लाइफ इन्स्योरेन्स, रैर्याङ हाईड्रोपावर डेभलपमेन्ट लगायत कम्पनीका  लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । राष्ट्रिय बीमाको सेयरमा यस्तो गिरावट आउँदा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । कम्पनीको २७ करोड ३ लाख ७० हजार ५२४ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा रैर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, एनआइसी एशिया बैंक, नेशनल हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: