काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको ८% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले गत फागुन ६ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।
यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनि मात्रै बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।
यस कम्पनीको फागुन २२ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।