×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन, भाउ कति?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन, भाउ कति?

१८ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन पाइने भएको हो ।
बैंकले भदौ ४ गतेदेखि आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा ल्याएको हो । आरएमडीसीको न्यूनतम ६०३ रुपैयाँमा ३ लाख ६ हजार ६५ र मेरोको ५७६ रुपैयाँ न्यूनतम रुपैयाँ भाउमा ८६ हजार ३३९ कित्ता सेयर रहेको छ ।
बैंकको सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले दौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहलमा बुझाउनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी