×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा कर्जा जोखिम तथा भाखा नाघेको कर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

GLOBAL IME BANK
SHREE KESH

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा कर्जा जोखिम तथा भाखा नाघेको कर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

१० आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भक्तपुर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्जा जोखिम तथा भाखा नाघेको कर्जा व्यवस्थापन तालिम असोज ०१ र ०२ गते नगरकोट स्थीत बोझिनि नगरकोट रिर्सोटमा सम्पन्न गरेको छ । देशभरिका अनुगमन अधिकृत, उप प्रदेशिक कर्जा असुलि अधिकृत तथा व्यवस्थापन अधिकृत लगाएत कार्पोरेट कार्यालयका कर्मचारीहरुलाई तालिम दिइएको हो । कार्यक्रममा कर्जा जोखिमका विभिन्न आयम, कर्जा जोखिम न्युनिकरणका उपायहरु, व्यवसाय प्रबद्धन, भाखा नाघेको कर्जा व्यवस्थापन, डिजिटलाईजेसन, सम्पत्ति शुद्धीकरणस, कानुनि प्रक्रिया, सकारात्मक सोच, कर्मचारी उत्प्रेरणा लगाएतका विषयमा सम्बन्धित विभागीय प्रमुखहरुले प्रशिक्षण दिएका थिए ।

स्वागत मनतव्यको क्रममा बोल्दै संस्थाका प्रमुख व्यपार अधिकृत अर्जुन श्रेष्ठले स्थापनाको पाचौं बर्षमा प्रवेश गर्दै गर्दा संस्थाले छोटो समयमै २८५ शाखा संजाल साथै गुणस्तरीय लगानी तथा बचतमा आर्कषक बृद्धि गर्नुमा कर्मचारीको मुख्य भूमिका रहेको बताउदै आगामी दिनमा समेत उत्कृष्ट सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यपार अधिकृत अर्जुन श्रेष्ठ, सह प्रमुख व्यपार अधिकृत राजन मगर, कम्पनी सचिव प्रलाहद चन्द्र निरौला, प्रमुख मानव संसाधन कृष्ण पौड्याल, प्रमुख जोखिम अधिकृत विशाल उप्रेती, लेखा विभाग प्रमुख किरण पौड्याल, आन्र्तरीक लेखा परिक्षण प्रमुख केशव उप्रेती, प्रबन्धक-सुचना प्रविधि उद्वव नेपाल, प्रमुख सामान्य प्रशासन सन्तोष चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले यस आर्थिक वर्षमा एनआईसी एशिया लघुवित्त, लघुवित्त क्षेत्रकै अबल लघुवित्त बनाउनका लागि यस्ता खालका तालिमहरुले महत्वपूर्ण भूमिका खेल्ने साथै गुणस्तरीय कर्जा लगानी संस्थाको दिगो विकासको प्रमुख तत्व भएकाले प्रत्येक कर्मचारीहरुलाई गुणस्तरीय लागानी साथै अनुशासित बन्न निर्देशन दिएका थिए । कार्यक्रमको समापनमा बोल्दै सह प्रमुख व्यापार अधिकृत राजन मगरले कर्मचारीहरुलाई गुणस्तरीय लगानी साथै सकारात्मक सोच र उच्च मनोबलका साथ सेवा प्रदान गर्न निर्देशन दिएका थिए । त्यस्तै संस्थाले ६० जना कर्मचारीको सहभागितामा डडेलधुराको रातो गुराँस रिर्सोटमा व्यवसाय प्रबद्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन दुई दिने तालिम सम्पन्न गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: