×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा वित्तीय साक्षरता साथै सरसफाई कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा वित्तीय साक्षरता साथै सरसफाई कार्यक्रम सम्पन्न

Artha Sarokar

१३ आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मोरङ्ग । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.आयोजनामा मोरङ्ग जिल्लाको सुनवर्षी नगरपालिकाको अमरदहमा वित्तीय साक्षरता साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालय अमरदहले करिब १०० जना स्थानियहरुको सहभागितामा दुई दिने जनचेतनामुलक कार्यक्रम समापन गरेको हो । वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्तव, नोटको जतन, वीमा, विप्रेषण, वित्तीय साक्षरताको महत्तव, बैंकका प्रकार, डिजिटल्याईजेशन लगाएतका विषयमा भिडियो तथा दुश्य सामाग्री प्रस्तुत्त गरिएको थियो ।

त्यस्तै सफा, स्वच्छ तथा सुन्दर अमरदहको नारा सहित अमरदह बजार परिसार साथै वरिपरिका अन्य स्थान सरसफाई गरिएको हो । स्थानीय युवा, युवम क्लब, महिला, नेपाल प्रहरी, बजार व्यवस्थापन समितिको सहभागितामा सरसफाई कार्यक्रम समापन गरिएको थियो । अगामी दिनमा समेत सरसफाई कार्यक्रम अयोजना गर्न सहज हुने अभिप्रायका साथ संस्थाले बजार व्यवस्थापन समितिलाई डस्टविन साथै झाडु समेत हस्थान्तरण गरेको थियो । कार्यक्रम समापनमा बोल्दै बजार व्यवस्थापन समितिका सदस्य साथै नेपाल प्रहरीका प्रतिनिधिले एन आई सी एशिया लघुवित्तले स्थानीयहरुले अहिले सम्म नगरेको सरसफाई तथा वित्तीय साक्षरता कार्यक्रम आयोजन गरि सहभागिताका लागि आमन्त्रण गरेकोमा खुशि व्यक्त गरेका थिए ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी