झापा । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले झापा जिल्लाको कनकाई नगरपालिका वडा नं. २ जामुनखाडिमा वित्तीय साक्षरता साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय जामुनखाडिले विहानको समयमा सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ६० जनाको सहभागितामा सरसफाई कार्यक्रम समपन्न गरेको हो । आउँदै गरेकै बडा दशैं तथा शुभ दिपावलिको शुभकामना आदान प्रदान साथै सरसफाई कार्यक्रम आयोजना गरिएको हो । जामुनखाडि स्र्पोट क्लब, नमुना महिला समुह, सप्तरङ्गि महिला समुह र कृषि सहकारी संस्थाको सहयोग र एनआईसी एशिया लघुवित्तको आयोजनामा जामुनखाडि बजार परिसर र प्रमुख पर्यटकीय स्थल जामुनखाडि सिमसार क्षेत्र सरसफाई गरिएको हो ।
त्यस्तै शाखा कार्यालयले दिउँसोको समयमा करिब १०० जनाको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्तव, नोटको जतन, वीमा, विप्रेषण, वित्तीय साक्षरताको महत्तव, बैंकका प्रकार, डिजिटल्याईजेशन लगाएतका विषयमा भिडियो तथा दुश्य सामाग्री प्रस्तुत्त गरिएको थियो । स्थानीय युवा, क्लब, महिला, नेपाल प्रहरी, बजार व्यवस्थापन समितिको सहभागितामा दुबै कार्यक्रम समापन गरिएको थियो । अगामी दिनमा समेत सरसफाई कार्यक्रम अयोजना गर्न सहज हुने अभिप्रायका साथ संस्थाले स्थानीयलाई डस्टविन साथै झाडु समेत हस्थान्तरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्