×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिष्म राज ढुंगाना निलम्बनमा परेपछि सेबोनको निमित्त अध्यक्ष बने निरज गिरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भिष्म राज ढुंगाना निलम्बनमा परेपछि सेबोनको निमित्त अध्यक्ष बने निरज गिरी

Artha Sarokar

२९ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले धिताेपत्र बाेर्डकाे निमित्त अध्यक्षमा निरज गिरीलाई नियुक्त गरेको छ । बोर्डका कार्यकारी निर्देशकसमेत रहेका गिरीलाई अर्थ मन्त्रालयले सोमबार निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा परेका अध्यक्ष भिष्म राज ढुंगानालाई निलम्बन गरेको सरकारले बोर्ड नेतृत्वविहीन भएपछिको जिम्मेवारी उनलाई दिएको हो । यता भदाै १६ गते बसेकाे मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियाे ।
टोलीमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का छन् । सो टोलीले गरेको अध्ययन प्रतिवेदन अन्तिम पुगेको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी