काठमाडौँ । धितोपत्र बोर्डका पदाधिकारीहरुलाई पूँजीबजार सुधार संघर्ष समितिले कार्यालयमै बन्धक बनाई धम्कीपूर्ण ढंगले सहमति गर्न बाध्य बनाइएको भन्दै नेपाल धितोपत्र बोर्ड, स्वतन्त्र कर्मचारी संगठनका नाममा निस्किएको विज्ञप्तिको बोर्डका प्रमुख निरज गिरीले खण्डन गरेका छन् । विहान अर्थ सरोकारसँग कुराकानी गर्दै विज्ञप्तिबारे आफुलाई थाहा नभएको र यस विषयमा आफुसँग कुनै पनि सल्लाह नभएको उनको दाबी छ । लगानीकर्तासँग सहमति पनि भएको र कुनै दुर्व्यवहार पनि नभएको उनको तर्क छ ।
‘हामीलाई कुनै पनि दुर्व्यवहार भएको छैन । हुलमूलमा कसैले घाचाकखुचुक गर्यो होला, त्यो फरक कुरा हो । तर त्यस्तो दुर्व्यवहार नै हुने गरी केहि पनि भएको छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘विज्ञप्ति कसरी र किन आयो, त्यो मलाई थाहा भएन ।
‘सहमति त शान्त वातावरणमै भएको हो नि ?’ हाम्रो प्रश्नमा गिरीले भने, ‘एकदम शान्त वातावरणमै भएको हो । सबै कुरा भिडियोमार्फत नै बाहिर आएको छ । लगानीकर्ताहरुले कुनै खालको दुर्व्यवहार गर्नुभएको छैन । उहाँहरुसँग भएको सहमति छिट्टै बोर्डमा लगेर उहाँहरुलाई जानकारी दिने कुरा भएको छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्