×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा एनएमबिका दुवै म्युचुअल फन्डको नगद लाभांशमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा एनएमबिका दुवै म्युचुअल फन्डको नगद लाभांशमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

Artha Sarokar

१८ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि क्यापिटलले सञ्चालन गरेको दुवै म्युचुअल फन्डको नेपाल स्टक एक्चेन्जमा नगद लाभांशको मूल्य समायोजन भएको छ । एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि ५० को नगद लाभांश (प्रतिफल) मा मूल्य समायोजन भएको हो ।

एनएमबि हाइब्रिड फन्ड एल १ को २० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन गरिएको हो । समायोजनपछि आइतबार यसको कारोबार प्रतिइकाई ११ रुपैयाँ ८० पैसालाई आधार मानेर खुल्नेछ । बिहीबार यसको अन्तिम कारोबार प्रतिइकाई १३ रुपैयाँ ८० पैसामा भएको थियो ।

यस्तै एनएमबि ५० को ३० प्रतिशत नगद लाभांशमा पनि मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि बिहीबार यसको कारोबार प्रतिइकाई १२ रुपैयाँ ५३ पैसालाई आधार मानेर खुलेको छ । बिहीबार यसको अन्तिम कारोबार प्रतिइकाई १५ रुपैयाँ ५३ पैसामा भएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी