×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ को प्रतिफल सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

काठमाडौं । एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ को प्रतिफल सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ को प्रतिफल सुरक्षित गर्ने भदौ १७ गते अन्तिम दिन रहेको हो ।

यी योजनाहरुले प्रतिफल वितरण प्रयोजनका लागि भोलि भदौ १८ गते बुक क्लोज गर्ने भएका छन् । त्यसैले १७ गतेसम्मका कायम इकाइधनी मात्र उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् । एनएमबि फिफ्टीले आव २०७७/७८ को लागि इकाईधनीहरुलाई ३० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ ले २० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेका छन् । सोही प्रयोजनका लागि दुवै योजनाले बुक क्लोजको मिति तय गरेका हुन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: