×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत आउने शनिवार डा.सन्दीपराज कुँवरले ओपिडी सेवा दिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत आउने शनिवार डा.सन्दीपराज कुँवरले ओपिडी सेवा दिने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत शनिवार (भोलि) पेट र पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान संचालन हुने भएको छ ।नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. सन्दीपराज कुँवर ले फ्री ओपिडी सेवा दिने भएका हुन् । पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुले समेत डा. कुँवरको फ्री ओपिडीमा आएर स्वास्थ्य जाँच गराउनसक्ने अस्पतालले जनाएको छ ।

नर्भिकले केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा शनिवार डा. कुँवर बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवाका लागि अस्पतालमा उपलब्ध हुनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: