काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत आउने शनिवार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा संचालन हुने भएको छ । आउने शनिवार नर्भिक अस्पतालका प्रजनन् क्यान्सर रोग विशेषज्ञ (गाइने अंकोलोजिष्ट) डा. एलिजा श्रेष्ठले निःशुल्क ओपिडी सेवा दिने भएकी हुन् । डा.श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएर समेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्नुपर्ने जस्ता समस्या भोगिरहेका बिरामीहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन् ।
निःशुल्क ओपिडी सेवा शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म संचालन हुनेछ । नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्