×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिक इन्टरनेशनल हस्पिटलमा ग्याष्ट्रिकका समस्या भएकाले फ्री ओपिडी सेवा पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नर्भिक इन्टरनेशनल हस्पिटलमा ग्याष्ट्रिकका समस्या भएकाले फ्री ओपिडी सेवा पाउने

Artha Sarokar

७ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा संचालन हुने भएको छ ।आउने शनिवार(असोज ९ गते) नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । डा. साहका अनुसार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन् ।

निःशुल्क ओपिडी सेवा शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म संचालन हुनेछ । नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । निःशुल्क ओपिडी सेवा लिन वा यो अभियानको विषयमा थप जानकारी लिनका लागि नर्भिक अस्पतालका ओपीडी म्यानेजरलाई ९८०१२२५३१८ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी