Skip to content
LAXMI SUNRISE BANK

सेवाग्राहीले अब अन्तर बैंकको एटिएममा एक महिनामा दुई पटक निः शुल्क कारोबार गर्न पाउने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

अर्थ सरोकार

काठमाडौं । अब सेवाग्राहीले अन्तर बैंक एटिएम कारोबार गर्दा एक महिनामा दुई पटक निः शुल्क कारोबार गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा दुई पटकसम्म निःशुल्क गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
मंगलबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ जारी गर्दैं राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोग एक महीनामा दुई पटकसम्म निःशुल्क गर्न निर्देशन दिएको हो । निर्देशिकामा ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई वटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।’ उल्लेख छ ।
दुईभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रूपैयाँसम्म शुल्क लिन सक्ने बताइएको छ । यसअघि बैंकहरुले एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा मनपरी शुल्क लिने गरेका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK